लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्यूडको भूकम्प, एकजना घाइते

पाेखरा – लमजुङलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५.८म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.४२ मिनेटमा भूकम्प गएको हो।

भूकम्प धक्का काठमाडौं उपत्यकाका साथै पश्चिम नेपालको सल्यान, रुकुममा समेत सहसूस गरिएको थियो।
आज बिहान गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् ।

नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताएकी छिन् । उनका अनुसार मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । पुर्ण क्षतिको विवरण भने प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *