

प्रचण्डपत्नी दाहाल अस्वस्थ्य, उपचारका लागि मेडिसिटी लगियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । सोमबार साँझ उनको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
पूरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ । उनले अहिलेको अवस्था स्थिर रहेको पनि जनाइएको छ ।