

देशभर थप ४८९७ जना संक्रमित, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालाहरुमा १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२११ पुगेको छ ।