

बुटवलबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु, २८ घाइते

नवलपुर । नवलपुरको दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बुटवलबाट नारायणगढ जाँदै गरेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ दुर्घटना तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीन जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।