

रडले हानेर देवर गरे भाउजुको हत्या
काठमाडौं – घरायसी विवादका कारण काठमाडौंमा आफ्नै देवरले भाउजुको हत्या गरेका छन् । सडकमा हिडिरहेका बेला देवर मोहनराज भण्डारीले भाउजु रोशनी भण्डारीको रडले हानेर हत्या गरेका हुन् ।
काठमाडौं महानगरपालिका १० बुलबुलेमार्गमा ४८ वर्षीय देवर मोहनराजले ४८ वर्षीया भाउजु रोशनीको हत्या गरेको प्रहरीको भनाइ छ । बाटोमा हिड्दै गरेकी रोशनीलाई लखेटी लखेटी रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
रड प्रहारपछि गम्भिर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । शनिबार साँझ घटना भएपनि उनको मृत्यु पश्चात घटना प्रहरीसम्म पुगेको हो ।
अहिले घटनाको मुचुल्का उठाउने काम भइरहेको र हत्या आरोप लागेका देवर मोहनराजलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको प्रहरीको भनाई छ । रोशनीका श्रीमान घरमै रहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।