२ वटा फिल्म बनाउँदै भुवन केसी

काठमाडौं – पुरानो फिल्म ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्मको निर्माण गर्न लागेका हुन् ।

फिल्ममा मुख्य अभिनेता भने अनमोल केसी रहनेछन् अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको छ । भुवन अहिले अर्काे फिल्म ‘पारस’को पनि काममा पनि ब्यस्त छन् । जसको हिरो पनि अनमोल केसी नै हुन् ।

भुवनकै निर्माण कम्पनी सुपर काजोल फिल्मस्को ब्यानरमा यी दुबै फिल्म निर्माण हुन लागेको हो । फिल्म ‘माइती घर २’ र ‘पारस’ मध्य पहिले कुन बन्छ भन्ने अहिले फाइनल नभएको भुवनले बताए ।

‘फिल्म ‘पारस’ र ‘माइतीघर २’ आफ्नै ब्यानरबाट निर्माणको तयारी गरेको छु’ अभिनेता भुवनले भने ‘दुइटै फिल्ममा हिरो अनमोल रहनेछन् ।’ कुन फिल्म पहिले बन्ने त्यो अहिले तय नभएको बताएका भुवनले दुबै फिल्मको काम भैरहेको जानकारी दिए ।

धेरै पहिले निर्माण भएको फिल्म ‘माइतीघर’ विएस थापाले निर्देशन गरेका थिए, भने निर्माण सुमाञ्जली फिल्मस्ले गरेको थियो । फिल्ममा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारको अभिनय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *