२५ औँ पटक सगरामाथा आरोहण गर्दै कामीरिता

काठमाडौं – विश्व किर्तिमानी नेपाली आरोही ५० वर्षीय कामीरिता शेर्पा २५ औं पटक सगरमाथा शिखर आरोहण गर्ने लक्ष्यका साथ आज प्रस्थान गरेका छन।

कामीरिता यसपटक बहराईनको राजकुमार सम्मिलित टोलमा सम्मिलित छन। शेर्पा गत वर्ष २४ औं पटक सगरमाथाको शिखरमा पुगेका थिए। यससँगै शेर्पाले एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरेका थिए।

त्यो पनि अर्को रेकर्ड थियो। आरोही शेर्पाले २३ औं पटक आरोहण गर्नुअघि मिडियासमक्ष आफू ६० वर्षको उमेरसम्म आरोहण गर्नसक्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *