

सुनको मूल्य सामान्यमा गिरावट

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ ।
आइतबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।