

विषाक्त पानी चुहावट भएपछि फ्लोरिडामा आपतकाल घाेषणा

काठमाडाैं – अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएको छ । विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएपछि कम्तीमा तीन सय घरपरिवार प्रभावित भएका छन।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागू भएको सीएनएनले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ ।
विषाक्त पानी रहेको पोखरी पिनी पोइन्ट बाँध क्षेत्रलाई सुरक्षित गर्ने प्रयास भइरहेको छ । ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको खबरमा उल्लेख छ ।