

स्पष्टीकरण चित्त नबुझेपछि पाण्डे र भुषाल पनि निलम्बित (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन् ।
यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए ।