स्पेन विजयी, समूह ‘बी’को शीर्ष स्थानमा

काठमाडौं – फेरान टोरेसले गोल गरेको दिन स्पेनले विश्वकप छनोटमा कोसोभोलाई ३–१ ले पराजित गरेको छ। विश्वकप छनोटमा स्पेनले अपराजित यात्रालाई कायम राखेको छ।

ड्यानी ओल्मोको गोलबाट स्पेनले ३४औं मिनेटमा अग्रता लियो। ३६औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। ७५औं मिनेटमा जेरार्ड मोरेनोले अर्को गोल थपे।

बसार हालिमीले ७०औं मिनेटमा गरेको गोल कोसोभोका लागि सान्त्वना बन्यो। स्पेन समूह ‘बी’को शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *