दक्षिण एसियामै सबैभन्दा बढी खुशी नेपाली

काठमाडाैं – दक्षिण एसियालीहरूमध्ये नेपालीहरू सबैभन्दा बढी खुशी देखिएका छन्। विश्व खुशीयाली प्रतिवेदन–२०२१ मा समेटिएका १४९ देशमध्ये नेपाल खुशी हुने देशको ८७औं नम्बरमा छ।

गत वर्षभन्दा नेपाल पाँच स्थानमाथि उक्लिएको हो। शुक्रबार सार्वजनिक भएको प्रतिवेदन अनुसार माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९औं स्थानमा छ।

अफगानिस्तान विश्वकै बेखुशी देशमा परेको छ। प्रतिवेदन अनुसार अफगानिस्तान सूचीको पुछार अर्थात् १४९औं नम्बरमा छ। फिनल्यान्ड विश्वमै सबैभन्दा खुशी हुने देशको पहिलो नम्बरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *