

अस्ट्रेलियामा प्राकृतिक विपत घोषणा, बाढीले जनजीवन प्रभावित

क्यानवेरा – अस्ट्रेलियामा बाढीले जनजीवन प्रभावित भएपछि ‘प्राकृतिक विपत’ घोषणा गरिएको छ । सिड्नीलगायतका ठाउँमा भारी बर्षा पछि आएको बाढीका कारण न्यू साउथ वेल्स राज्यका केही क्षेत्रमा प्राकृतिक विपत घोषणा गरिएको हो ।
विपत प्रभावित जनताको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु परिचालन गरिएको छ । केही दिनदेखिको अविरल वर्षाले सिड्नी शहर जलमग्न छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुचित गरिएको छ । भारी वर्षाका कारण राजमार्ग तथा सडकहरु बन्द भएका छन् । न्यू साउथ वेल्समा अझै केही दिन भारी वर्षा हुने मौसमविदहरुले जनाएका छन् । एजेन्सी