रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ: गर्भनर पोखरेल

ललितपुर । रोटरीले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव पोखरेलले बताएका छन् ।

रोटरी क्लब अफ जावलाखेलले आयोजना गरेको ‘रोटरी पब्लिक इमेज एन्ड रोल अफ मिडिया’ अन्तक्रियामा बोल्दै गर्भनर पोखरेलले भने, ‘१ सय १६ वर्ष पुरानो रोटरीले समाजमा सकरात्मक प्रभाव पार्ने काम मात्र गर्छ । ती काम सञ्चारमाध्यममा आए अझ प्रभावकारी हुन्छ ।’

उक्त अवसरमा पोखरेलले रोटरीले विभिन्न क्षेत्रमा झन्डै २ अर्ब ६७ करोड रुपैयाँको परियोजना सञ्चालन गरेको बताए ।

रोटरी क्लब अफ जाउलाखेलकी प्रेसिडेन्ट बालिका गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी पब्लिक कमिटीका चियर रबि बराल, डिस्ट्रिक्ट ट्रेनर राजेन्द्र शाक्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल लगायतले रोटरी र सञ्चार माध्यमबीचको सहकार्यका सन्दर्भमा प्रकाश पारेका थिए ।

कार्यक्रम रोटरी क्लब अफ जावलाखेलका पब्लिक इमेज कमिटीका चियर तिलक तिवारीले सञ्चालन गरेका थिए । कार्यक्रममा दर्जनभन्दा बढी सञ्चारकर्मीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *