मध्यपुरथिमी–२ मा एमालेबाट खरेलले गरे वडाध्यक्षको दाबी



भक्तपुर । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन घोषणा गरिसकेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि देशैभरि चुनावी सरगर्मी बढ्दो देखिएको छ । यसैक्रममा मुलुककै सांस्कृतिक महत्वको सबैभन्दा ठूलो र क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला भक्तपुरमा पनि चुनावी माहौल तात्दै गएको छ ।

नगरपालिकै नगरपालिकाको जिल्ला भक्तपुर सबै नगरहरुमा चुनावी लहर देखिएको छ । कपियत नेतृत्वहरु पार्टी प्रवेशको कार्यक्रममा व्यस्त रहेका छन् भने कतिपयले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

चुनावी माहाैलकै क्रममा सांस्कृतिक नगर मध्यपुरथिमी नगरको क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो वडा नं. २ मा नेकपा एमालेका युवा नेता बेदप्रसाद खरेलले पनि दाबी गरेका छन् ।

विगतमा राष्ट्रिय युवा संघ नेपाल, वडा कमिटी, राष्ट्रिय खेलकुदको केन्द्रीय सदस्य हुँदै हाल मध्यपुरथिमी नगर कमिटी सदस्य तथा वडा नं. २ का इन्चार्ज समेत रहेका खरेलले १५ बुँदे योजनासहित आगामी स्थानीय तह निर्वाचनका लागि आप्mनो दाबेदारी प्रस्तुत गरेका हुन् ।

विगतमा लामोसमयदेखि वडाभित्रका सामाजिक कार्यमा सक्रिय खरेललाई वडाबासीले जनप्रतिनिधिको रुपमा स्वीकार्ने लक्षण देखिएको छ । जनप्रतिनिधि नै नहुँदा पनि उनले गरेका सामाजिक कार्यहरुबारे जानकारी वडाका मतदाताहरु उनी जत्तिको व्यक्तिलाई जनप्रतिनिधिमा चयन गरे वडाको विकास अझै हुनेमा आशावादी रहेका छन् ।

खरेलको अगुवाईमा विगतमा युसेप नेपालको बाटो, पञ्चायन मन्दिर जाने गोरेटोलाई ४ मिटर बनाउन विशेष भूमिका खेलेका बताइन्छ । उनले त्यतिमात्र नभई विभिन्न सामूदायिक भवन निर्माण, खानेपानीका पाइपलाइन विस्तार, नमुना वस्ती, ढुंगेधारा, सुन्दरवस्ती, शिक्षा विभाग लगायत लोकन्थली जाने बाटोविस्तारलगायतका दर्जनौं विकास योजनाका कामको अगुवाई गरेको स्थानीय मतदाताहरु बताउँछन् ।

नगरबाट प्राप्त बजेट परिचालन मात्र नभई संघीय सरकारमा गर्नुपर्ने पहलका लागि पनि अग्रसर खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दाबी गर्दै निर्वाचित भएपछि गर्नुपर्ने कामका फेहरिस्त पनि सार्वजनिक गरेका छन् ।

खरेलका योजनाः

१. मनोहरा पुलसँगै मध्यपुरको संस्कृति झल्कने गेट निर्माण ।

२. नाट्श्वरी पार्क निर्माण तथा सञ्चालन गर्ने ।

३. कालाडोल ल्याण्ड पुलिङ, ढल निकास र निर्माण भएका घरहरु निर्माण सम्पन्न नक्सा पास गर्ने ।

४. वडा भवन निर्माण गर्ने ।

५. १, २ र ३ लाई मध्यनजर राख्दै हस्पिटल निर्माण गर्ने ।

६. सानोटिमीमा चार्जिङ्ग स्टेशन बनाउने ।

७. सभाभवन निर्माणका लागि पहल कदम गर्ने ।

८. खानेपानी पाइपलाइन नपुगेका सबै ठाउँमा विस्तार र समानुपातिक वितरण गर्न टोलसुधार वा चुनाव प्रचार प्रसार समितिमार्फत पहल कदमी गर्ने ।

९.खेलकुद मैदानलाई व्यस्थित र राष्टिङय स्तरको मैदानमा परिणत गर्न पहल गर्ने ।

१०. सडक बत्ति टोलसुधार र निर्वाचन कमिटिको समन्वयमा पोलहरुमा बत्ति बाल्ने व्यवस्था मिलाउने ।

११. शिक्षा क्षेत्रमा सुधारमा प्रयास र परिणाममुखी नतिजा निकाल्न प्रयत्न गर्ने ।

१२. वडाभित्र सबै ठाउँका सडकहरु कालोपत्रे कार्यकालभित्र गरिसक्ने गरी पहलकदमी लिने ।

१३. अत्यावश्यक ठाउँमा सिसि क्यामेरा जडान गर्ने र त्यसको लागि सुरक्षा निकाय उपभोक्ताहरुको समन्वयमा राख्दै जाने ।

१४. सानोठिमीस्थित बसबिसौनी आसपास सार्वजनिक शौचालक निर्माण गर्ने ।

१५. सार्वजनिक जग्गा विगतमा के कति संरक्षण भएका छन् र गर्नुपर्ने छ खोजेर संरक्षण गर्ने ।