

युवानेता पाण्डे प्रदेशतर्फ समानुपातिकमा सिफारिस

काभ्रे । नेपाली कांग्रेसका युवा नेता रोशन पाण्डे प्रदेशसभा सदस्यका लागि समानुपातिकमा सिफारिस भएका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभातर्फ काभ्रे—१ (ख) का तर्फबाट पाण्डे समानुपातिकका लागि सिफारिस भएका हुन् ।
काभ्रे नमोबुद्धका युवानेता पाण्डे पछिल्लो समय जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
राजनीतिक र सामाजिक रुपमा सक्रिय पाण्डे कांग्रेसको १४ औं महाधिवेशनमा काभ्रे– १ (ख) प्रदेश सभापति पदका प्रत्यासी हुन् ।