

चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

सुर्खेत । कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदै छ । बिहीबार हुने भनिएकाे प्रशिक्षण शुक्रबार हुन लागेकाे हाे ।
प्रशिक्षणमा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।
प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए ।
एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे । यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।
एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे ।