युट्युबर मनोज मानव पक्राउ

सप्तरी । युट्युबर मनोज मानव (मनोज महतो) प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो । यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मनोजले जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुममा टेलिफोन गरी प्रहरीलाई हप्काएको र अपशब्द प्रयोग गरेको आरोप छ। उनले ‘के काम छ भन्दा तिमीसँग कुरा हुँदैन, तिम्रो एसपी, डीएसपीको नम्बर दे’ भन्दै गालीगलौज गरेको प्रहरीको भनाइ छ।

नम्बर प्राप्त गरेपछि उनले डीएसपीलाई समेत गाली गरेको र अभद्र व्यवहार दोहोर्याएको बताइएको छ। यस घटनापछि प्रहरीको टोलीले उनलाई पक्राउ गरी ७ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको हो।

उनी यसअघि पनि पटक–पटक विभिन्न आरोपमा पक्राउ पर्दै  आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *