एकनाले भरूवा बन्दुकसहित धनकुटाबाट दुईजना पक्राउ



धनकुटा – साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१(.०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।