

सुनिल अभिनित ‘आफ्नो भन्नु तिमी थियौ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । मोडल सुनिल खनाल अभिनित ‘आफ्नो भन्नु तिमी थियौ’ गीत सार्वजनिक भएको छ ।
ह्यान्डसम मोडलका रुपमा परिचित खनालले यस गीतमा विक्रम बुढाथोकी र विनिता ओलीसँग स्क्रिन शेयर गरेका छन् ।
चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आफ्नो भन्नु तिमी थियौ’को शब्द संगीत सुवास कार्कीको रहेको छ भने विशाल निरौलाले गीतको एरेन्ज गरेका छन् ।
उत्तम श्रेष्ठको निर्देशन रहेको भिडियोको निर्माण रोशन परियारले गरेका छन् ।
मेशाना म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीत प्रेमभावले ओतप्रोत रहेको छ ।