

सशस्त्रमा डिआईजी बढुवा प्रक्रिया सुरु, ३ दिनभित्र फर्म भर्न सूचना (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाको प्रक्रिया सुरु भएको छ ।
बढुवा सिफारिस समितिले शुक्रबार मूल्यांकन फारम भर्न सूचना प्रकाशन गरेको छ।
बढुवा समितिका सदस्यसचिव एआइजी बंशीराज दाहालद्वारा जारी सूचनामा शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने कागजपत्रसहित ३ दिनभित्र निवेदन माग गरिएको छ ।
सशस्त्र प्रहरीमा डिआइजीका तीन पद रिक्त छन्। जसमा बरियताका आधारमा कृष्ण पाठक, मनीष थापा र कृष्ण ढकाल अगाडि छन्।
पाठक प्रहरीबाट स्थानान्तरण भएका अधिकृत हुन् भने थापा र ढकाल सिं.स. १ का हुन् । सिं.स. २ का एसएसपी दिपेन्द्र कुँवर पनि बढुवाको लागि लागिपरेका छन् ।