इन्स्पेक्टर र जवानका लागि सशस्त्रले थप्यो फर्म भर्ने म्याद (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) र जवान पदका लागि दरखास्त फारम भर्ने म्याद थपिएको छ ।

निर्धारित समयावधिबाट थप १५ दिनसम्म फर्म भर्न सकिने गरी सशस्त्रको भर्ना तथा छनोट शाखाले सूचना प्रकाशित गरेको छ ।

यससँगै सशस्त्रमा इन्स्पेक्टर र जवानमा भर्ना हुन चाहानेले यही फागुन ९ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । यसअघि प्रकाशित सूचनाअनुसार अन्तिम म्याद माघ २४ गतेसम्म तोकिएको थियो ।