ओम प्रतीकको निर्देशनमा ‘मोहर’को छायांकन सुरु



काठमाडौं । काठमाडौं फिल्म मेकर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘मोहर’को माघ १४ गतेदेखि छायांकन प्रारम्भ भएको छ । काठमाडौंको गागलफेदीमा अभिनेत्री बेनिशा हमालले पहिलो शट दिँदै यो फिल्मको छायांकन प्रारम्भ भएको हो ।

ओम प्रतीकको निर्देशनमा निर्माण प्रारम्भ भएको चुम्बनजंग शाहीको फिल्ममा पल शाह, अर्जुनजंग शाही, बेनिसा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रबिन्द्र झा, सुशील देवकोटालगायत कलाकारको अभिनय रहेको छ । साथै चलचित्रमा महत्वपूर्ण भूमिकासहित बालकलाकारका रुपमा सारा शर्माले डेब्यू गरेकी छिन् ।

दिपेन बस्नेतको छायांकन, कुमार महर्जनको द्वन्द्व, सुरेश अधिकारी तथा एसडी योगीको संगीत र प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहेको यो फिल्मको छायांकन काठमाडौंलगायत दाङ्ग तथा रोल्पासमेत छायांकन गरिने निर्देशक ओम प्रतिकले जानकारी गराएका छन् ।

यस चलचित्रको २०८२ सालको तीज छेकोमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।