

हेटाैंडामा सेनाले चलायाे गोली, एक खाग तस्कर नियन्त्रणमा

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न हवाई फायर गरेको छ ।
खाग तस्करको टोली हेटौंडामा रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न निकुञ्जको सुरक्षामा खटिएको सेनाले ५ राउन्ड हवाई फायर गरेको हो ।
निकुञ्जमा कार्यरत सेनाको टोलीले हवाई फायर गरि एकजना तस्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) विश्वराज खड्काले बताए ।
नेपाली सेनालाई देखेपछि भाग्न खोजेका ८ जना तस्करको समूहलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको जनाइएको छ । एक जना पक्राउ परेपनि बाँकी ७ जना फरार रहेको जनाइएको छ ।