रहेनन् भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार सिंहको निधन भएको हो ।

सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको थियो ।

एम्सको मिडिया सेलले सिंहको निधन भएको जानकारी दिएको छ । उनको बिहीबार राति ९ः५१ बजे उनको मृत्यु भएको जनाइएको छ ।

मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भइसकेका छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *