

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार सिंहको निधन भएको हो ।
सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको थियो ।
एम्सको मिडिया सेलले सिंहको निधन भएको जानकारी दिएको छ । उनको बिहीबार राति ९ः५१ बजे उनको मृत्यु भएको जनाइएको छ ।
मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भइसकेका छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।