टिकटकबाट मागेको जस्तै गरी २ दिनमै गुमाए जनस्वास्थ्य अधिकृत खत्रीले ज्यान (भिडियोसहित)
काठमाडौं । धर्म खत्री छैटौं तहका सरकारी कर्मचारी हुन् अर्थात् समाचार लेखिरहँदा थिए भन्नु पर्ने देखिएको छ ।
कसैलाई लक्षित गर्दै बनाएको टिकटक, उसले हेर्यो वा हेरेन थाहा भएन, तर भगवान्ले भने पक्कै सुनेछन् । अफसोच खत्रीले उक्त भिडियोमा भने जस्तै गरी उनले य संसार छाड्न पुगे ।
दुईदिनअघि सामाजिक सञ्जाल टिकटकमा मोटरसाइकलमा चढेको भिडियो राख्दै ‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्याउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिनँ तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ लेख्दै भिडियो पोष्ट गरेका खत्रीले अन्ततः उनले भने जस्तै गरि मृत्युवरण गर्न पुगे ।
खत्रीले चलाएको सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलाई सुपप्र ०१-२-९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो ।
बाजुराको बडिमालिका नगरपालिका–७ स्थायी घर भएका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुर्याइए पनि यस संसार छाडिसकेको चिकित्सकले जनाए ।
उक्त दुर्घटनामा उनको पछाडि मोटरसाइकलमा बस्ने डोटी शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
संयोग भन्ने कि भन्ने, उनले सामाजिक सञ्जालमा भिडियो राखेको २ दिनमै यस्तो घटना घट्न पुगेको छ । उनले टिकटक बनाउँदा के सोचेर बनाएका थिए, अब त्यो कहिल्यै खुल्ने भएन ।
दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्री भने टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।
घटनापछि मोटरसाइकल चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाँच दिन अगाडि तालिमको सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहको तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।