ट्राफिक जिल्ला प्रमुख सई बुढाथोकी २५ हजार घुससहित पक्राउ, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । सवारी साधन आवतजावत गर्न घुस मागेको आरोपमा जिल्ला ट्राफिक प्रमुखविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकीले सवारी साधनलाई आवतरजावत गर्न सहजीकरण गरिदिए वापत घुस ÷ रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज सई बुढाथोकीलाई सेवाग्राहीबाट २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ ।

घुससहित पक्राउ परेका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२५,०००।— कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *