

अजरबैजान एअरलाइन्सको जहाज कजाकस्तानमा दुर्घटना

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत रहेको बताइएको छ।
अजरबैजान एअरलाइन्सको उक्त जहाजतर्फ आकस्मिक सेवाका अधिकारीहरू जाँदै गर्दा त्यसमा आगो लागेको थियो । पछि जहाजमा लागेको आगो निभाइएको छ ।
काजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार १२ जना यात्रुहरू बच्न सफल भएका छन् । अजरबैजानको राजधानीबाट चेचन्यातर्फ उडेको उक्त जहाज कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अजरबैजान एअरलाइन्सले हालसम्म उक्त घटनाबारे केही पनि बताएको छैन ।