

भोजपुरबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

भोजपुर । प्रहरीले भोजपुरबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको छ ।
आमचोक गाउँपालिका—१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका—१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।