

प्रहरीको एसएसपी बढुवाका लागि ५ को सिफारिस, को-को हुने भए बढुवा ?

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका प्राविधिक मेडिकलतर्फ रिक्त ४ एसएसपीका लागि बढुवा सिफारिस प्रकाशित गरिएको छ ।
एसएसपीका लागि बढुवा सिफारिस भएकामा एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर रहेका छन् ।
त्यस्तै प्राविधिकतर्फकै कम्प्युटरमा पनि एसपी श्यामकुमार मण्डल बढुवा सिफारिस भएका छन् ।