

आन्दोलनरत पक्षलाई मेयर चाैधरीको अनुरोध, ‘वार्ता, सहमति र सहकार्यबाट विवाद समाधान गराैं’

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहानलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न सबैसँग सहयोगका लागि नगरबासीसँग अनुरोध गरेका छन् ।
मेयर चौधरीले लहान नगरपालिकाले नगरभित्रका किसानहरुको सिंचाई समस्या समाधान र बजारको सौन्दर्यकरणका लागि विभिन्न योजनाहरु अघि सारेको स्मरण गराउँदै केही व्यक्तिहरुले फैलाएको अफवाहबाट भ्रममा नपर्न अनुरोध गर्दै वार्ता र छलफलबाट समस्या समाधानका लागि सबैसँग अनुरोध गरेका छन् ।
उनले एक विज्ञप्ति प्रकाशित गर्दै समस्या समाधानका लागि विकल्प रोज्नुपर्ने भएको हुनाले त्यसको छलफलका लागि आन्दोलनमा लागेका व्यक्ति, राजनीतिक दलका अगुवा, सचेत स्थानीयसँग वार्ता, सहमति र सहकार्यबाट विवाद समाधान गरी विकास कार्यमा सहयोग गर्न अनुरोध गरेका छन् ।