मेयर चौधरीमाथि अपशब्द प्रयोग गर्नेविरूद्ध १५ वडाध्यक्षले गरे कारबाहीको माग

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीमाथि अपशब्द प्रयोग गर्नेविरुद्ध १५ वडाध्यक्षहरुले कारबाहीको माग गरेका छन् । पछिल्ला दिनमा मेयर चौधरीविरुद्ध किसान आन्दोलनका नाममा केही व्यक्तिहरुले अनावश्यक विवाद निकालिरहेका छन् ।

त्यसैक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि अजय चौधरीले मेयर चौधरीमाथि अपशब्द प्रयोग गरी गालीगलौच गरेको भन्दै लहान नगरपालिकाका विभिन्न १५ वडाका निर्वाचित वडाध्यक्षहरुले अजय चौधरीमाथि अनुशासनको कारबाहीको माग गरेका छन् ।

वडाध्यक्षहरुले एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले खुट्टी खोला सिंचाई आयोजनाका नाममा सिर्जित समस्या समाधानका लागि वार्ता छलफलका लागि आह्वान गरिरहेको अवस्थामा अनर्गल दुस्प्रचार गरि अपशब्द प्रयोग गर्दै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसभा रहेका अजय चौधरीको क्रियाकलापले पार्टीलाई समेत बदनाम गराएको भन्दै वडाध्यक्षहरुले उनीमाथि कारबाहीको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *