

लहानको विकासका लागि सबैले हातेमालो गरौंः मेयर चौधरी

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहानलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न सवैसँग सहयोगका लागि नगरबासीसँग अनुरोध गरेका छन् ।
मेयर चौधरीले लहान नगरपालिकाले नगरभित्रका किसानहरुको सिंचाई समस्या समाधान र बजारको सौन्दर्यकरणका लागि विभिन्न योजनाहरु अघि सारेको स्मरण गराउँदै केही व्यक्तिहरुले फैलाएको अफवाहबाट भ्रममा नपर्न अनुरोध गर्दै बजार क्षेत्रमा मात्रै अण्डर ग्राउन्ड गराउने योजना रहेको जनाएका छन् ।
जसका कारण नगरबासीको स्वास्थ्यका लागि सहयोग सिद्ध हुने जनाउँदै फोहार र लामखुट्टेबाट हुने प्रकोप नियन्त्रण हुने विश्वास समेत नगरपालिकाले लिएको जनाएका छन् । मेयर चौधरीले यस किसिमको कार्यका लागि सम्पूर्ण नगरबासीहरुसँग वार्ता, सम्वाद र छलफल गरिने समेत जनाएका छन् । उनले एक विज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन्, ‘विकासका लागि हातेमालो गरौं, जनतामा भ्रम फैलाउनुको साटो वार्ता, संवाद र सहमतिबाट विकासमा जोड दियौं ।’
विज्ञप्तिः