सुरेश गैरेको संगीतमा ‘हरेक साँझ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । बडा दशैंको पूर्वसन्ध्यामा गैरे सुरेशका नामले परिचित सुरेश गैरेको संगीतमा नयाँ ‘हरेक साँझ’ बोलको गीत बजारमा आएको छ । आरवी खड्काको शब्द रहेको गीतमा स्वर भने जगदिश समालरहेको छ ।

गैरे सुरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा राजेन्द्र खड्गी, रामचन्द्र अधिकारी, जीवन भट्टराइ, कुइसाङ रूम्बा र लता योञ्जनलगायतको अभिनय रहेको छ । राजन इशानले एरेन्ज गरेको भिडियोको निर्देशन भने युवराज वाइवाले गरेका छन् ।

सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।

उनले संगीत गरेका गीत र गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।

सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन् ।

भिडियोः