

सुनिल खनालको ‘मायाको बदला आँसु’ बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक किरण भुजेलको स्वरमा ‘मायाको बदला आँसु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुनिल खनालको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो राजधानीमा शुक्रबार आयोजित एक विशेष समारोहबीच सार्वजनिक भएको हो ।
सन्दीप खनालको शब्द रहेको उक्त गीतमा केशव विश्वकर्माले संगीत दिएका छन् भने विशाल निरौलाको एरेन्ज रहेको छ ।
त्यस्तै राजन राईको मिक्सिङ रहेको उक्त गीतमा सुनिल खनाल, रेनुका आले मगर, निरबहादुर श्रेष्ठ र नारायण लामाको अभिनय रहेको छ ।
करण साउदले निर्देशन गरेको उक्त गीतको सिनेमाटोग्राफर केशव विश्वकर्मा रहेका छन् भने दिनसन शाहले सम्पादन गरेको छन् ।
युनिक इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा निर्देशक साउदले कथा पनि भरेका छन् ।
भिडियोः