सशस्त्रका अधिकृतको रिटमा ‘कारण देखाउ आदेश’, अब जाने भए अनिवार्य अवकाशमा 

काठमाडौं । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरी बलका केही अधिकृतहरूले सर्वोच्चमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

सर्वोच्चकी न्यायाधीश शारंगा सुवेदीको मंगलबारको इजलासमा भएको सुनुवाईमा कारण आदेश जारी भएको हो ।

यो आदेशसँगै सशस्त्रका अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएका छन् ।

नेपाल प्रहरीको हकमा भने सर्वोच्चले मुद्दाको किनारा नलागेसम्म अवकाशमा पठाउन रोकेको थियो ।

गत आइतबार सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागु नगर्न भन्दै अन्तरिम आदेश समेत माग गर्दै रिट दायर गरेका थिए ।

डीआईजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अनिवार्य अवकाशमा जाने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *