

सशस्त्रका पूर्व हवल्दार भाट घरमै मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका अवकाश प्राप्त कर्मचारी मृत भेटिएका छन् ।
सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मंगलवार घरमै मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका–४ का भाट घरमै मृत अवस्थामा भेटिएका थिए।
सशस्त्रबाट अवकाश प्राप्त उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए । उपचारपश्चात हालै भारतबाट फर्किएका उनी मंगलबार मृत फेला परेका हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।