

नेपाली सेनाका ४ सैनिक डढेलो निभाउने क्रममा घाइते, को-को भए घाइते ?

काठमाडौं । डोल्पामा वनमा लागेको डढेलो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् ।
ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा डढेलो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।
हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको डढेलो नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना आगो निभाउने क्रममा सख्त घाइते भएका छन् भने अन्य १२ जना सामान्य घाइते भएको गुल्मले जनाएको छ ।
आगलागीमा परी सख्त घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केशरबहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत छन् । सख्त घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौं लैजान लागिएको सेनाले जनाएको छ ।