

डोल्पामा डढेलो निभाउने क्रममा घाइते नेपाली सेनाका सिपाही रावतको निधन

डोल्पा । डोल्पामा डढेलो निभाउने क्रममा घाइते एकजना नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला तातोपानी ४ स्थायी घर भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डोल्पा जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशरबहादुर मगरको अवस्था चिन्ताजनक रहेको छ ।
उनीहरूलाई उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल लैजान आएको हेलीकोप्टर रात परेपछि सदरमुकाममै रहेको प्रहरी जनाएको छ।
घाइते भएका ३० वर्षीय विजय कोइराला र २३ वर्षीय आशिष बुढालाई पहिलो चरणमा नेपाली सेनाको हेलीकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ ।
वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।