

ज्योति प्रकाश बने नेपालकै उत्कृष्ट आधुनिक संगीतकार

काठमाडाैं । रेडियो नेपालले ७४ औं वार्षिक उत्सवको अवसरका आयोजना गरको आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भएका छन् ।
आधुनिक संगीत विधामा देशभरका ७४ जना संगीकारहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितमा सबैलाई उछिन्दै ज्योति प्रकाश प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
सुमी सिंहले लेखेको ‘भन्नलाई त सजिलो छ’ भन्ने बोलको गीतमा संगीत भरेका ज्योतिले प्रतियोगितामा गीत आफैँ गाएर सुनाएका थिए ।
प्रथम भएका ज्योतिलाई सूचना संचार तथा प्रविधिमन्त्री रेखा शर्माले नगद पुरस्कार २५ हजार र प्रमाणपत्रले सम्मान गरेकी थिइन् ।
चित्रकलामा विद्यावारिधि गर्दै गरेका ज्योति प्रकाश आधुनिक विधाको गायन तथा शब्द लेखनमा पनि उत्तिकै दख्खल राख्छन् ।