

देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बिहान १० बजेका लागि बैठक बोलाएका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको जनाइएको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघिको एमाले, रास्वपा, जसपासहितको गठबन्धनलाई पुनः ब्यूँताउने गरी सहमति गरेपछि देउवाले बैठक बोलाएका हुन् ।