

एमाले सचिवालय बैठक सकियो, बैठकको निष्कर्ष बोकेर वालुवाटार जाँदै ओली

काठमाडौं । आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।
सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका बिषयमा दुइ दल बिच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन ।