

भत्कियो सत्ता गठबन्धन, पुनः अघिल्लै गठबन्धन, रवि लामिछाने गृहमन्त्री !

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन अन्त्य भएको छ । गठबन्धन भत्किएसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बन्ने निश्चित भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको जनाइएको छ । पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।
स्रोतका अनुसार रास्वपा अध्यक्ष रवि लामिछाने पुनः उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने सहमति भएको छ ।