

नेपाली सेनाको उपसेनानीको अन्तिम नतिजा प्रकाशित, यी २३ ले निकाले नाम (नामसहित)

काठमाडौं । नेपाली सेनाको प्राविधिक तर्फको उपसेनानी इन्जिनियर (सर्भे), पाइलट, लेखा उपसेनानीलगायतका विभिन्न पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । विभिन्न पदका लागि २३ जना उत्तीर्ण भएका छन् ।
सेनाको भर्ना छनोट शाखाका अनुसार उपसेनानी सर्भेतर्फ ६ जना पास भएका छन् भने पाइटलतर्फ एक जना सिफारिस भएका छन् ।
त्यस्तै ए एण्ड सी इन्जिनियर, एभियोनिक्स इन्जिनियर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर र लेखा उपसेनानीको नतिजा प्रकाशन भएको हो ।
सेनाका अनुसार उत्तीर्ण भएका उम्मेदवारहरुले आफ्नो सक्कल प्रमाणपत्रसहित यही १० गते बिहान ११ बजे भर्ना छनोट निर्देशनालयमा उपस्थित हुन समेत नेपाली सेनाले जनाएको छ ।