

एकाबिहानै हल्लियो दोलखा, ४.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।
मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।