

नेपाली सेनाका श्रेष्ठ र थापा उपरथीमा बढुवा

काठमाडौं । नेपाली सेनाका सहायक रथीहरु सुनिल श्रेष्ठ र अनुपजंग थापा उपरथीमा बढुवा भएका छन् ।
नेपाली सेना सि न २८ बेसिकका उनीहरु आइतबार बसेको मन्त्री परिषद्को निर्णय अनुसार नेपाली सेनाको उपरथी पदमा बढुवा भएको जनाइएको छ ।