

एसपी अधिकारीले पाए काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक नवराज अधिकारीले पाएका छन् ।
काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।