

श्रीमान् प्रहरीले ड्युटीमै रहेकी श्रीमती प्रहरीकाे गोली हानी हत्या

दाङ । दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्।
मृतक महिला पनि प्रहरी नै हुन्।
घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको जनाइएको छ ।
गोली हान्ने झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।