

जापानको पार्कमै मृतावस्थामा भेटिए नुवाकोटका अनुज

काठमाडौं । जापानमा एक नेपाली युवा मृत फेला परेका छन् ।
४ वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय अनुज कार्की गत शुक्रबार स्थानीय पार्कमा मृत फेला भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
अनुजको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मृतकका काइँला दाइ अमृत जापानमै रहेकाले शव नेपाल ल्याउने पहल गरिरहेका छन् ।
उनी पछिल्लो समय सुजुकी गाडी कम्पनीमा कार्यरत थिए ।