

दिवंगत प्रहरी जवान डाँगीकाे परिवारलाई आर्थिक सहयोग प्रदान

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान विकाश डाँगीको परिवारलाई सहयोग स्वरूप दुई लाख ६० हजार ७८ रुपैयाँ सहयोग गरिएको हो ।
बर्दिया स्थायी घर भएका डाँगीको गत माघ १४ गते डिउटीमा खटिएको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ स्थित नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरूमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीबाट सङ्कलन गरिएको सो रुपैयाँ प्रहरी निरीक्षक सुजन शाहले मृतक डाँगीको घर मधुवन नगरपालिका-८ बर्दिया पुगेर आश्रित परिवारलाई हस्तान्तरण गरेका हुन् ।